दिल्लीमा नेपालीले नै गरे नेपालीको अपहरण
भारतको राजधानी नयाँ दिल्लीस्थित सागरपुर थाना इलाकाबाट शनिबार विहान अपहरणमा परेका एक नेपाली युवकलाई प्रहरीले सकुशल अवस्थामा फेला पारेको छ भने अपहरणमा संलग्न भनिएका ५ नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान कारमा सवार केही मानिसले हरिशरण नाम गरेका नेपाली युवकको अपहरण गरेका थिए । उनको विस्तृत विवरण भने खुलाइएको छैन । यो घटनाको जानकारी प्राप्त भएपछि दिल्ली प्रहरी सक्रिय भएको थियो । प्रहरीले सो क्षेत्रको सीसीटीभी फुुटेज तथा अन्य कयौं तरिकाबाट अनुसन्धान गरेको थियो ।
आरोपितको खोजीमा लागेको प्रहरी टोलीले अपहरणमा प्रयोग भएको गाडी उत्तराखण्ड हुँदै नेपालको बाटोतर्फ गइरहेको तथ्य फेला पारेपछि करिब ८०० किलोमिटरसम्म पछ्याएर उत्तराखण्डसँग जोडिएको नेपालको सीमाबाट उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार हरिशरणले फ्रान्स पठाउने भनेर करिब ८० लाख रुपैयाँ लिएको केही समयपछि बेपत्ता भएपछि ती पाँच युवा उनको खोजीमा दिल्ली आएका थिए । हरिशरण दिल्लीमा रहेको थाहा पाएपछि आएका उनीहरुले हरिशरणलाई फेला पारेर नेपालतर्फ लैजान खोजेका थिए । तर, त्यसअघि नै दिल्ली प्रहरीले अपहरणमा परेका हरिशरणलाई उद्धार गर्दै अपहरणमा संलग्न युवकहरुलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण