दिल्लीमा नेपालीले नै गरे नेपालीको अपहरण

भारतको राजधानी नयाँ दिल्लीस्थित सागरपुर थाना इलाकाबाट शनिबार विहान अपहरणमा परेका एक नेपाली युवकलाई प्रहरीले सकुशल अवस्थामा फेला पारेको छ भने अपहरणमा संलग्न भनिएका ५ नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान कारमा सवार केही मानिसले हरिशरण नाम गरेका नेपाली युवकको अपहरण गरेका थिए । उनको विस्तृत विवरण भने खुलाइएको छैन । यो घटनाको जानकारी प्राप्त भएपछि दिल्ली प्रहरी सक्रिय भएको थियो । प्रहरीले सो क्षेत्रको सीसीटीभी फुुटेज तथा अन्य कयौं तरिकाबाट अनुसन्धान गरेको थियो ।
आरोपितको खोजीमा लागेको प्रहरी टोलीले अपहरणमा प्रयोग भएको गाडी उत्तराखण्ड हुँदै नेपालको बाटोतर्फ गइरहेको तथ्य फेला पारेपछि करिब ८०० किलोमिटरसम्म पछ्याएर उत्तराखण्डसँग जोडिएको नेपालको सीमाबाट उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रहरीका अनुसार हरिशरणले फ्रान्स पठाउने भनेर करिब ८० लाख रुपैयाँ लिएको केही समयपछि बेपत्ता भएपछि ती पाँच युवा उनको खोजीमा दिल्ली आएका थिए । हरिशरण दिल्लीमा रहेको थाहा पाएपछि आएका उनीहरुले हरिशरणलाई फेला पारेर नेपालतर्फ लैजान खोजेका थिए । तर, त्यसअघि नै दिल्ली प्रहरीले अपहरणमा परेका हरिशरणलाई उद्धार गर्दै अपहरणमा संलग्न युवकहरुलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३४ अंकले घट्दा कारोबारमा सुधार, यी दुई कारणले सेयर बजार ‘साइडवेज’मै
-
परोपकार पुलमुनीको हत्या घटनामा संलग्न आरोपमा आशिष श्रेष्ठ पक्राउ
-
छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने
-
चिकित्सकलाई भत्ता दिने निर्णय नमाने मेडिकल कलेजको सम्वन्धन खारेज हुनसक्छ : स्वास्थ्यमन्त्री
-
आँखामा सातवटा टाँका लगाएर राजस्थानविरुद्ध मैदानमा ओर्लिएका थिए हार्दिक पाण्ड्या
-
लगानी बोर्डको रणनीतिक योजनाः चार वर्षमा १४ वटा परियोजना निर्माणको चरणमा लगिसक्ने