बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

इ-सेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता

सोमबार, ३० फागुन २०७८, १७ : १२
सोमबार, ३० फागुन २०७८

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिन्छ । साथै, प्रभु म्यानेजमेन्टसंग आबद्ध सहकारी संस्थाहरूबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन र सहकारी संस्थाहरुमा रकम जम्मा गर्न सकिन्छ ।

इ-सेवाका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले प्रभु म्यानेजमेन्टसंग रेमिट्यान्स भुक्तानी सहकार्य गर्दा सेवामा थप सहजता पाउने कुरामा विश्वस्त रहेको बताए । त्यस्तै, प्रभु म्यानेजमेन्टले अन्तर्राष्टिय रिमिट्यान्स भुक्तानी सुविधाका साथै एनटिसि, एनसेलको मोबाइल रिचार्ज सुविधा, डिस होम र एडिएसएलको बिल भुक्तानी सुविधा उपलब्ध गराउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप