एमालेले बोलायो सचिवालय बैठक
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको कार्ययोजना तय गर्न पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रीत कार्ययोजना बनाउने विषयमा छलफल गरेको हो । त्यसका लागि आवश्यक एजेन्डाहरू तय गर्न भोलि (मंगलबार) अपरान्ह ३ बजे पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाइएको पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनले पार्टीको सिंगो पङ्क्तिलाई निर्वाचन केन्द्रीत गराउने काममा लागि पार्टी पोलिटब्युरो बैठक पनि छिट्टै बोलाउने विषयमा पनि केन्द्रीय कार्यालय बैठकमा छलफल गरिएको बताए ।
प्रचार विभाग उपप्रमुख रिजालले भने, ‘भोलि ३ बजे आयोजना हुने पार्टी केन्द्रीय सचिवालयको बैठकका एजेन्डाहरूको बारेमा छलफल भएको छ । हामी अहिले निर्वाचनको तयारीमा छौं । सातै प्रदेशमा निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरु सम्पन्न गरेका छौं । र, छिट्टै हाम्रो पार्टीको अरु तहको बैठकहरू पनि आयोजना गरेर सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्वाचनमा केन्द्रीत गर्नेगरी कार्ययोजना बनाउन गइरहेका छौं । त्यहीँ कार्ययोजनाको सन्दर्भसहित आज केन्द्रीय कार्यालय बैठकमा छलफल भएको छ । र, छिट्टै आयोजना हुने पार्टीको पोलिटब्युरो, केन्द्रीय कमिटी बैठकको सन्दर्भमा पनि आज छलफल भएको छ ।’
नेकपा एमालेले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण