सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

आठ महिनादेखि विद्युत् सेवा अवरुद्ध

मङ्गलबार, ०१ चैत २०७८, १० : १५
मङ्गलबार, ०१ चैत २०७८

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीन हजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य  छन् । अदानचुली ४, ५ र ६ मा नौ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ । 

साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन ।  ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् । नहर मर्मतमा चासो नराख्दा विद्युत आयोजना सञ्चालनमा आउन सकिरहेको छैन ।

उक्त विद्युत्को नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले  मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप