मूल्य वृद्धिप्रति संसदीय समिति असन्तुष्ट
दैनिक उपभोग्य बस्तुहरुको मूल्य ह्वात्तै बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले तेल, चिनीलगायतका दैनिक उपभोग्य वस्तुमा ह्वात्तै मूल्यवृद्धि हुँदा पनि उपभोक्ता अधिकारकर्मीहरु चुप लागेर बसेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सरकारले बजार अनुगमन नगरका कारण मूल्य वृद्धि भएको उल्लेख गर्दै त्यसमा ध्यान दिन पनि सचेत गराए । व्यापारीहरुले तेस्रो मुलुकबाट आयात गरेर ल्याएको खानेतेल फेरि प्याकिङ गरेर त्यतै पठाउँदा अभाव भएको उल्लेख गर्दै श्रीवास्तवले सरकारले त्यसबारे छानबिन गर्नुपर्ने बताए । सभापति श्रीवास्तवले बजार अनुगमनको कामलाई सरकारले तीव्रता नदिए महँगी झनै बढेर जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण