एआईजी बढुवा सिफारिस समितिको बैठक जारी
नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस समितीको बैठक बसिरहेको छ । गृह मन्त्रालयमा मन्त्रालयका सचिव टेक नारायण पाण्डेको अध्यक्षतामा समितीको बैठक बसिरहेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयको सचिव बढुवा समितीको सदस्य र आईजीपी सदस्य सचिव हुन्छन् । समितीले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्विकृत गर्नुपर्छ ।
अहिले प्रहरीमा ५ जना एआईजी छन् । ३ जनालाई बढुवा गरेसँगै एआईको संख्या ८ पुग्नेछ । बढुवा हुने एआईजीहरुलाई प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, प्रदेश समन्वय विभाग र केन्द्रिय अनुसन्धान ब्यूरोमा पदस्थापन गरिने छ । अहिले मानवस्रोत र प्रशासन विभाग एउटै छ । मानवस्रोत र प्रशासनलाई छुट्याएर प्रशासनतर्फ एआईजी राख्ने निर्णय यसअघि नै मन्त्रिपरिषद्ले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण