कर्णालीका कानुन मन्त्रीको सम्पत्ति : एक हल गोरु, १२ वटा बाख्रा !
मङ्गलबार, ०१ चैत २०७८, १९ : ३७
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण पेस गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार उनी सबैभन्दा गरिब मन्त्रीको सूचीमा छन् ।
उनीसँग सम्पत्तिको नाममा एक हल गोरु र १२ वटा बाख्रा रहेको उल्लेख गरेका छन् । त्यस्तै दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका –४ तिलुखाना निवासी शाहीसँग पुर्ख्यौली घर मात्र रहेको उल्लेख गरेका छन् । उक्त घर ३५ वर्ग मिटर क्षेत्रफलमा रहेको छ।
साथै उनीसँग चल सम्पत्ति अन्तर्गत जम्मा तीन तोला सुन सुन रहेको छ । उक्त सुन ०५२ सालदेखि ०७० सालसम्म जोडेको उल्लेख गरेका छन् । अन्य सम्पत्तिको नाममा दैनिक प्रयोग हुने कपडा बाहेक अरू केही नरहेको मन्त्री शाहीले बताएका छन् । उनी अघिल्लो महिनाको तेस्रो साता मन्त्री बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण