समाजमा होलीका प्रवृत्ति कायमै : प्रभु साह
मङ्गलबार, ०१ चैत २०७८, २१ : ०६
पूर्वमन्त्री प्रभु साहले राक्षसरूपी होलिकाको अन्त्य भएपनि विद्यमान समाजमा होलीका प्रवृत्ति कायमै रहेको टिप्पणी गरेका छन् । गृहजिल्ला रौतहटको संसदीय निर्वाचन क्षेत्र ३ अन्तर्गत मंगलबार कटहरियामा आयोजित होली मिलन समारोहमा सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य समेत रहेका नेता साहले ‘होलीका’ प्रवृत्तिले समाजमा सही पक्षको विकासमा जटिलता उत्पन्न भइरहेको बताएका हुन् ।
उनले होलीका प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता सहित समाजमा न्याय, विकास र बदलावलाई अगाडि बढाउने सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो । साहले हिन्दूहरूले मनाउने होली एकता, सद्भाव र उमङ्गको पर्व रहेको बताए ।
सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । कार्यक्रमका साहले नवप्रवेशीहरुलाई माला र टीका लगाएर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण