नाइजेरियामा बन्दूकधारीको आक्रमणबाट १० जनाको मृत्यु
बुधबार, ०२ चैत २०७८, १५ : १०
बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा थप १० जनाको मृत्यु भएको छ । बन्दुकधारीहरुले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए ।
नाइजरका प्रहरी प्रमुख बाला कुर्यासले तीन प्रहरी अधिकृतहरु पनि मारिएको पुष्टि गरे । घटनामा परी स्थानीय प्रतिकार समूहका सदस्यहरु पनि मारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
सरकारी अधिकारीहरुले घटनास्थलको यथार्थ विवरण आइनसकेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएका छन् । नाइजेरियामा बन्दुकधारी, स्थानीय प्रतिकार समूह र सरकारी सुरक्षाकर्मीबीचमा बेला बेलामा हिंसात्मक घटना हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण