आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नाइजेरियामा बन्दूकधारीको आक्रमणबाट १० जनाको मृत्यु

बुधबार, ०२ चैत २०७८, १५ : १०
बुधबार, ०२ चैत २०७८

बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा थप १० जनाको मृत्यु भएको छ । बन्दुकधारीहरुले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए ।   

नाइजरका प्रहरी प्रमुख बाला कुर्यासले तीन प्रहरी अधिकृतहरु पनि मारिएको पुष्टि गरे । घटनामा परी स्थानीय प्रतिकार समूहका सदस्यहरु पनि मारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

सरकारी अधिकारीहरुले घटनास्थलको यथार्थ विवरण आइनसकेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएका छन् । नाइजेरियामा बन्दुकधारी, स्थानीय प्रतिकार समूह र सरकारी सुरक्षाकर्मीबीचमा बेला बेलामा हिंसात्मक घटना हुने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप