मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

दैलेखमा एमाले अधिवेशन, ६८४ मत खस्यो

बुधबार, ०२ चैत २०७८, १७ : २२
बुधबार, ०२ चैत २०७८

सुर्खेत । नेकपा एमालेको दैलेख जिल्ला अधिवेशनमा मतदान प्रक्रिया सकिएको छ । बिहान आठ बजेदेखि सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले रातोपाटीलाई जानकारी दिए ।  

‘जिल्लाभरबाट प्रतिनिधि (मतदाता) सङ्ख्या ७२१ रहेकोमा ६८४ मत खसेको छ,’ उनले भने । अघिल्लो पटक मतदान गर्दा ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटिएपछि अधिवेशन स्थगित गरिएको थियो ।  

अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन् । एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नं.–२ बाट सूर्यबहादुर शाही छन् भने क्षेत्र नं.–१ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा प्रत्याशी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप