भ्रष्टाचारको आरोपमा वडा अध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा वडा अध्यक्षसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं। १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मीसहित विरुद्ध मुद्दा दायर गरिएको हो ।
वडाध्यक्ष कुर्मी र कार्यालय सहयोगी जितेन्द्र प्रसाद कुर्मीसहितको मिलेमतोमा वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिसलगायतका सिफारिस राजश्व रकम हिनामिना गरेको पाएको छ । वडाध्यक्ष कुर्मी, वडा सचिव राज कुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अंसारी, संजय कुमार पटेल र कार्यालय सहयोगी कुर्मीले एक लाख २ हजार ५८५ रुपैयाँ हिनामिना गरी राजस्व चुहावट गरेकोले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगले एक लाख दुई हजार ५८५ बिगो रकमको दोब्बर जरिवाना हुनसमेत मागदाबी गरेको जनाएको छ ।
यस्तै वडा सचिव रौनियार कार्यरत रहेको अवधिमा एक लाख ३१ हजार ९० रुपैयाँ राजस्व चुहावट गरेको पुष्टि भएकोले त्यसको बिगो रकमको दोब्बर जरिवाना हुन तथा वडा सचिव सिंह कार्यरत ३२ हजार २३५ रुपैयाँ हिनामिना भएकाले बिगो रकमको दोब्बर जरिवाना हुनसमेत मागदाबी गरेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण