मिथिलाको माध्यमिकी परिक्रमा जनकपुर आइपुग्यो
मिथिलाको महाकुम्भ मानिएको मिथिला माध्यमिकी परिक्रमा जनकपुर आइपुगेको छ । १५ दिनपूर्व धनुषाको मिथिला विहारी नगरपालिकामा रहेको कचुरी मठबाट मिथिला बिहारी र जनकपुरधामको अग्निकुण्डमा रहेको किसोरीजीको डोलाले सम्पूर्ण परिक्रमा भरि नेतृत्व गर्ने गरेका छन । दुई डोलाको पछाडि हजारौंको संख्यामा साधु सन्तहरुले परिक्रमा गरेका छन् ।
प्रत्येक वर्ष फागुन महिनामा जनकपुर क्षेत्रको धार्मिकस्थलको परिक्रमा गर्ने चलन रहेको छ । जनकपुरको चारैतिर घुमिने यस परिक्रमामा सहभागी भएपछि एकसय आठ तीर्थस्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको श्रद्धालुहरुले बताएका छन् ।
परिक्रमामा सहभागी भएकाहरु १५ दिनसम्म आफ्नो घर नफर्कने चलन रहेको छ । परिक्रमामा सहभागी यात्रीहरूले नेपालका १ सय ७ एवम् भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिको पैदलयात्रा तय गर्ने गर्दछन् । नेपाल र भारत दुवै मुलुकको धार्मिक साँस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल छन् ।
सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर, फुलहरु तथा महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड हुँदै परिक्रमा कञ्चनवन पुग्दछ । कञ्चनवनमा परिक्रमावासीहरु एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको सुरुवात भएको मानिन्छ ।
त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर पुगेर जनकपुर फर्केर विश्राम गर्छन् । फागुन पुर्णिमाका दिन परिक्रमावासीहरु जनकपुरको अन्तगृह परिक्रमा पुरा गरेर घर फर्कने परम्परा रहिआएको छ । मिथिला महात्मयमा उल्लेख भएअनुसार वृहत, मध्यमा एवं लब्धी गरि तीन प्रकारको परिक्रमा छ, जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफनै विशेषता छ ।
किशोरीजी डोलाका महन्थ नवलकिशोर शरणले परिक्रमा पारिवारिक कल्याणको लागि गरिने गरिएको बताए । १५ दिनसम्म साधु सन्तहरु र श्रद्धालुहरु एकै ठाउमा बसेर भजन कीर्तन गर्ने गरिएको उनले बताए । यता, जिल्ला प्रशासन कार्यालय धनुषाले फागु पूर्णिमाको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाभित्र दुई दिनसम्म माछा, मासु तथा मदिरा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । फागु पूर्णिमाको पूर्वसन्ध्यामा मिथिला माध्यमिकी परिक्रमालाई ध्यान दिदैँ यस्तो निर्देशन दिइएको हो ।
बिहीबार परिक्रमामा सहभागी जनकपुरधाममा भगवान श्रीराम जानकीको डोला आउनेछ र शुक्रवार मध्यमा परिक्रमासँगै अन्तगृह परिक्रमा घुम्ने भएकोले त्यसलाई दृष्टिगत गर्दै प्रशासनले माछा, मासु र मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण