माओवादी केन्द्रबाट राजीनामा दिएका विष्टलाई फिर्ता लिन निर्देशन
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले पार्टीका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई नियमित कामकाजमा फर्कन निर्देशन दिएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले उनलाई अबको तीनदिन भित्रै राजीनामा फिर्ता लिई पार्टीको काममा फर्कन निर्देशन दिएको हो ।
विष्टले गत फागुन २७ गते प्रदेशसभा सदस्य, प्रमुख सचेतक र पार्टीबाट राजीनामा दिएका थिए । पूर्व मन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता नरेश भण्डारीले भने,‘ उहाँले (विष्ट)दलमा दिएको राजीनामा अबको तीन दिनभित्र फिर्ता लिन निर्देशन गरिएको छ । साथै उहाँलाई पत्रसमेत लेखिसकिएको छ ।’
यस्तै संसदीय दलले प्रदेशसभालाई प्रभावकारी बनाउनका लागि दलले खेल्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरेको छ । आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पार्टीमा जनलहर सिर्जना गर्न र पहिलो शक्तिको रुपमा स्थापित गर्नका लागि प्रदेशसभा सदस्यहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रमा खट्न निर्देशन दिएको छ । भण्डारीले भने,‘सरकारका कामकारबाहीलाई प्रभावकारी तरिकाले परिणाम मुखी तरिकाले बनाउनका लागि आवश्यक सहयोग गर्ने पार्टीबाट सरकारमा पठाइएका मन्त्रीहरुलाई जनपक्षीय रुपमा काम गर्न निर्देशन गर्ने निर्णय पनि भएको छ भने रिक्त रहेको प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिमा प्रदेशसभा सदस्य कृष्णा शाहलाई पठाउने निर्णय गरिएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण