मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा कोरोनाले २ वर्षको रेकर्ड तोड्यो, जर्मनी, इटाली र फ्रान्समा पनि बढ्न थाल्यो संक्रमण

के भारत, नेपालमा आउला चौथो लहर ?
शुक्रबार, ०४ चैत २०७८, १३ : ५७
शुक्रबार, ०४ चैत २०७८

भारतमा कोभिड–१९ (कोरोना) को तेस्रो लहर समाप्त भएको एक महिना पनि भएको छैन । तर छिमेकी देश चीनमा कोरोनाको नयाँ संक्रमणले गत २ वर्षको रेकर्ड तोडेको छ । यसैगरी जर्मनी, इटाली, फ्रान्ससमेत कयौं युरोपेली देश र दक्षिण कोरियाजस्ता एसियाली देशमा पनि कोरोनाको संक्रमण बढ्न थालेको छ । कोरोनाको यो ताजा लहरका पछाडि ‘स्टेल्थ ओमिक्रोन’ भनिँदै आएको ओमिक्रोनको सब भेरियन्ट ‘बीए २’ लाई जिम्मेवार मानिँदै आएको छ ।

आउनुहोस् जानौँ– आखिर कसरी बढिरहेको छ चीन र युरोपेली देशमा कोरोना संक्रमण ? कोरोनाको संक्रमण बढ्नुका पछाडि कुन भेरियन्ट जिम्मेवार छ ? यसबाट भारत र विश्वका लागि कत्तिको खतरा छ ?

चीनमा २ वर्षमा कोरोनाको सर्वाधिक संक्रमण

चीन कोरोना महामारीको सुरुवातपछि यो घातक भाइरसबाट सर्वाधिक हमला झेलिरहेको छ र पछिल्ला केही सातादेखि त्यहाँ कोरोनाको नयाँ केसले रेकर्ड बनाएको छ ।
–१४ मार्चमा चीनमा कोरोनाको ३ हजार ६०२ केस देखिएका छन् । यो २०२० को फेब्रुअरीपछि कै बढी हो ।
–२० फेब्रुअरीपछि चीनमा दैनिक संक्रमितको संख्या लगातार बढिरहेको छ र विगत ५ दिनदेखि त्यहाँ प्रत्येक दिन एक हजारभन्दा बढी नयाँ केस देखिएका छन् ।
–चीनमा २०२१ भरि केवल १५ हजार २४८ संक्रमणका केस दर्ता भएका थिए, जबकि २०२० को ३ महिनाभन्दा पनि कम समयमा त्यहाँ २३ हजारभन्दा बढी केस देखिइसकेका छन् ।
–चीनको ३१ प्रान्तमध्ये २८ प्रान्तमा कोरोनाको केस देखा परेका छन् । धेरैजसो मामिला जिलिन प्रान्तमा भेटिएको छ । ९० लाख मानिसको बसोबास रहेको जिलिन प्रान्तको राजधानी र अटोमोबाइल हब चांगचुन शहरमा कडा लकडाउन लगाइएको छ । यस बाहेक बेइजिङ, सांघाई र सेनजेनमा पनि कोरोना तीव्र दरमा पैmलिएको छ ।
–चीनका कमसेकम १३ शहरमा कडा लकडाउन गरिएको छ र कयौ कारखाना पनि बन्द गर्नु परेको छ । चीनका करिब ५ करोड मानिस लकडाउनमा बस्न बाध्य भएका छन् ।
–नयाँ कोरोना लहरको असर चीनको अर्थव्यवस्थामा परिरहेको छ । चीनको सिलिकन भ्याली मानिने आईटी कम्पनीहरुको केन्द्र शहर सेनजेनमा धेरै उत्पादन रोकिएका छन् । जसमा एप्पल पनि समावेश छ । यो शहर हुुवावे, ओप्पो र टीसीएल जस्ता ठूला कम्पनीहरुको घर हो ।
–चीनको विशेष प्रशासित क्षेत्र हङकङमा कोरोनाबाट ३ हजार ५०० को मृत्यु भइसकेको छ । १५ मार्चमा हङकङमा २७ हजारभन्दा बढी नयाँ केस दर्ता भएको छ । हङकङका अस्पताल बिरामीले भरिएको छ र मानिसलाई शय्या र उपचार प्राप्त गर्न मुश्किल भइरहेको छ ।
–चीनमा महामारीको सुरुवातपछि हालसम्म १.२२ लाख कोरोना केस देखा परेको छ र ४ हजार ६३६ मानिसको मृत्यु भएको छ । चीनमा २०२१ को जनवरीपछि कोरोनाबाट मृत्युको आँकडा स्थिर छ ।

असफल हुन्छ चीनको शून्य कोभिड नीति
चीनमा ओमिक्रोन भेरियन्टका कारण तीव्र रुपमा बढिरहेको संक्रमणले देशको शून्य कोभिड नीतिमा दबाब परिरहेको छ । शून्य कोभिड नीतिका अनुसार चीनमा एकमात्रै कोरोना केस देखियो भने उक्त बजार, कार्यालय, विद्यालय वा मललाई तत्काल सील गरेर व्यापक परीक्षण सुरु गरिन्छ ।

–कोरोना महामारीको सुरुका केही महिनामा चीन सर्वाधिक प्रभावित देश भएको थियो र यो देशमा २०२० को अप्रिलसम्म ८५ हजार केस दर्ता भइसकेका थिए ।
–चीनले शून्य कोभिड नीति अपनाउँदै कडा लकडाउन लगायो, सीमा बन्द ग¥यो, विदेशबाट आउनेलाई २१ दिनको क्वारेन्टिन, नागरिकका लागि सामूहिक परीक्षण र खोपजस्ता कदम उठायो ।
–यी नीतिका कारण चीन बीटा र डेल्टा जस्ता स्ट्रेनलाई आफ्नो देशमा फैलनबाट रोक्न सफल भयो ।

–चीनका एक संक्रामक रोग विशेषज्ञ झांग वेनहोङले सरकारलाई चेतावनी दिँदै भने, ‘सरकारले शून्य कोभिड नीतिको झुठको सट्टा महामारी स्थायी नियन्त्रणको नीति तत्काल लागु गरोस् ।’
 
युरोप, एसियाका कयौं देशमा फेरि बढ्न थाल्यो कोरोना

कोरोना संक्रमण केवल चीनमात्रै नभएर युरोप र एसियाका देशमा पनि बढ्न थालेको छ । विशेषगरी जर्मनीमा प्रत्येक दिन २.५ लाखभन्दा बढी नयाँ केस देखिएका छन् । यसैगरी एसियाली देश दक्षिण कोरियामा १६ मार्चमा ४ लाख नयाँ केस देखिएका छन्, जुन यस देशका लागि नयाँ रेकर्ड हो ।

यसैगरी फ्रान्स, इटाली, नेदरल्यान्ड र स्विट्जरल्यान्ड जस्ता अन्य युरोपेली देशमा पनि कोरोनाको केस बढ्न थालेको छ । अमेरिकाको अवस्था पनि त्यति राम्रो छैन । त्यहाँ प्रत्येक दिन करिब २५ देखि ३० हजार नयाँ संक्रमित देखा परेका छन् । यसका पछाडि ओमिक्रोनको सब–भेरियन्ट ‘बीए २’ अर्थात् स्टेल्थ ओमिक्रोनलाई जिम्मेवार मानिएको छ ।

डब्लूएचओले दियो चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वका कयौं देशमा बढेको कोरोनाको केसलाई समस्याको एक झलक भएको जनाएको छ । उसले कोरोना महामारी न समाप्त भएको छ, न यो मौसमी रोग भएकाले नयाँ लहरको खतरा विद्यमान रहेको प्रस्ट पारेको छ ।

संगठनका अनुसार गत साता विश्वभरि कोरोनाको १.१ करोड नयाँ केस आएको थियो, जुन एक साता पहिलेको तुलनामा ८ प्रतिशत बढी हो ।

कुन भेरिएन्ट यसका लागि जिम्मेवार ?
चीन र कयौं युरोपेली देशमा कोरोनाको केस बढ्नुका पछाडि ओमिक्रोनको सब–भेरियन्ट ‘बीए २’ वा स्टेल्थ ओमिक्रोनलाई जिम्मेवार मानिएको छ । कयौं विशेषज्ञका अनुसार यसका पछाडि कोभिड प्रतिबन्धलाई खुकुलो बनाउनु नै मुख्य कारण हो ।

–डेनमार्कका वैज्ञानिकका अनुसार ओमक्रोन ‘बीए २’ को सबस्ट्रेन ओमिक्रोनको मौलिक स्ट्रेनभन्दा डेढ गुणा संक्रामक छ ।
–‘बीए २’ स्ट्रेन अब जर्मनीको आधा केसका लागि र अमेरिकाको ११ प्रतिशत केसका लागि जिम्मेवार भएको छ । मार्चमा अमेरिकामा स्टेल्थ ओमिक्रोनको ३५ हजारभन्दा बढी केस देखिएका छन् ।
बेलायतमा २७ फेब्रुुअरीदेखि ६ मार्चसम्मको अवधिमा ओमिक्रोनको केसमध्ये ६६.६ प्रतिशत बीए २ को र ३३.१ प्रतिशत मात्रै बीए १ को भएको उल्लेख छ ।
– भारतमा जीनोम सिक्वेन्सिङको निगरानी गर्ने सरकारी संस्था इन्साकोगले पनि जनवरीमा देशमा तेस्रो लहरको अवधिमा यो सब–स्ट्रेनलाई लिएर चिन्ता व्यक्त गरेको छ ।
–यो सब–स्ट्रेनको केस ४० भन्दा बढी देशमा देखिइसकेको छ । बेलायतले यसलाई भेरियन्ट अन्डर इन्भेस्टिगेशनमा राखेको छ । जुन भेरियन्ट अफ कन्सर्नभन्दा एक तह तल्लो श्रेणी हो । डब्लूएचओले पनि बीए २ माथि आफ्नो दृष्टि राखिरहेको छ ।

किन खतरनाक छ स्टेल्थ ओमिक्रोन ?
२०२१ को नोभेम्बरमा सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको र संगठनले भेरियन्ट अफ कन्सर्न घोषणा गरेको ओमिक्रोनको तीन सब–स्ट्रेन बीए १, बीए २ र बीए ३ छन् । यसमध्ये बीए २ सर्वाधिक संक्रामक मानिएको छ । २०२१ को अन्त्यसम्म ओमिक्रोनको ९९ प्रतिशत केसका लागि बीए १ स्ट्रेन जिम्मेवार थियो । तर पछिल्ला २–३ महिनामा बीए २ ले तीव्र रुपमा यो स्ट्रेनको स्थान लिएको थियो ।

भारतमा कत्तिको खतरा ?
भारतमा तेस्रो लहर फेब्रुअरीदेखि नै लगातार घट्दो क्रममा छ र विज्ञहरुले ताजा लहर देशमा समाप्त भइसकेको मानेका छन् । यसैले भारतमा कोभिड प्रतिबन्धलाई खुकुलो पारिएको छ भने मास्क र सामाजिक दुरीमा गरिएको कडाई छैन भने पनि हुन्छ । तर चीनसमेत कयौं विकसित देशमा कोरोना फर्किन थालेको छ । यस्तोमा भारतमा यसको खतरा अस्वीकार गर्न सकिन्न ।

भारत २७ मार्चदेखि पूरै क्षमतामा अन्तर्राष्ट्रिय उडान सुरु गर्न गइरहेको छ । यसले विदेशबाट आउने यात्रीबाट देशमा कोरोना पैmलने खतरा हुन्छ । भारतमा २०२० को जनवरीमा कोरोनाको पहिलो केस पनि चीनबाट फर्किएकी केरलाकी छात्रामै पाइएको थियो ।

जिनोम सिक्वेन्सिङ निगरानी गर्ने सरकारी संस्था इनसाकोगका अनुसार जनवरीमा देशका ४ महानगरको कोरोना संक्रमणमध्ये ७० प्रतिशत स्टेल्थ ओमिक्रोनको थियो । अर्थात् ओमिक्रोनको यो घातक रुप भारतमै पनि पहिले नै विद्यमान थियो । त्यसैले कुनै नयाँ लहरको खतरालाई पूरै खारेज गर्न सकिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप