बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सवारी  दुर्घटनामा  दुई जनाको मृत्यु

शुक्रबार, ०४ चैत २०७८, १४ : २३
शुक्रबार, ०४ चैत २०७८

गएराती रुपन्देहीमा भएको बेग्ला बेग्लै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मोटरसाईकल दुर्घटनामा परि तिलोत्तमा–१५ पत्थरडाँडाका २३ वर्षीय जितबहादुर थापा र  टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पश्चिम नवलपरासीकी २४ वर्षीया शान्ति भण्डारीको मृत्यु भएको हो ।  

थापा तिलोत्तमा–३ जानकीनगरमा बिहिबार राति १२ बजेतिर गुडिरहेको मोटरसाइकलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ  । उनी चढेको मोटरसाइकल र चालक गए रातीदेखि फरार  रहेका थिए ।  खोजी गर्ने क्रममा   अहिले मोटरसाईकल चालकलाई  फेला पारि  बाटोमा   ल्याउँदै गरिएको  बुटवल ईलाका प्रहरी कार्यालयका डिएसपी  ठगबहादुर केसीले बताए ।
  उनका अनुसार  पूर्वबाट  पश्चिमतर्फ आइरहेको लु५८प ३९६५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट  आईरहेको  लु२ख ३५७३ नम्बरको टिपरले बिहीबार  साँझ देवदह नगरपालिका –९ भलुहीमा ठक्कर दिँदा मोटरसाईकलमा सवार  भण्डारी गम्भीर घाइते भएकी थिइन् ।
 
उनको उपचारका क्रममा देवदह मेडिकल कलेजमा  मृत्यु भएको थियो  । उक्त मोटरसाइकल उनकै श्रीमान २६ वर्षीय हरिप्रसाद पौडेलले चलाएका थिए। दुर्घटनामा  पौडेल र उनका तीन वर्षीय छोरा अर्जुन घाइते भएका छन्। उनीहरूको  सोही  अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको  डिएसपी केसीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप