बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहको उम्मेदवारी वैशाख ११ र १२ गते, १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने

शुक्रबार, ०४ चैत २०७८, १५ : ४२
शुक्रबार, ०४ चैत २०७८

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको एक आयुक्तले जानकारी दिए । उनका अनुसार निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर वैशाख १५ गने उम्मेदवारको नाम सार्वजनिक हुनेछ । 

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय दिइने र त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप