आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरलाई हरित नगरको रुपमा विकास गरिँदै

शुक्रबार, ०४ चैत २०७८, १५ : ५१
शुक्रबार, ०४ चैत २०७८

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिएको भएको छ । त्यसका लागि वीरेन्द्रनगर नगरपालिका र भू–संरक्षण विभागबीच द्विपक्षीय सम्झौता भएको छ ।

शहरी वन विकास (बिरुवा उत्पादन खरिद, वृक्षारोपण, संरक्षण) कार्यक्रम अन्तर्गत प्रदेश राजधानीसमेत रहेको नगरपालिकालाई हरित नगरपालिकाको रूपमा विकास गरिने वीरेन्द्रनगर नगरपालिकाले बताएको छ । हरित नगरको रुपमा विकास गर्न नगरपालिका र विभागबीच ७५ लाख ४२ हजार २७६ रुपैयाँ रकमसहितको सम्झौता भएको नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए । 

हरित नगर बनाउन के के काम गरिँदैछ ? 
नगरपालिकालाई हरित नगर बनाउन सडक किनारमा वृक्षारोपण गरिनेछ । विरुवा रोप्न सुरु गरिएको नगरप्रमुख सुवेदीले बताए । विरुवाको प्रजाति र गुणस्तर एवं वृक्षारोपण कार्य डिभिजन वन कार्यालय वा सवडिभिजन वन कार्यालयका वन प्राविधिकको समन्वयमा गरिने छ । वृक्षरोपण स्थल, वृक्षरोपण गरिएका विरुवा एवं वाटिकाको आगामी वर्षहरुमा संरक्षण, स्याहार सुसार स्थानीय तहले गर्नुपर्ने छ ।  कामहरु  दुई वर्षभित्र गरिसक्नुपर्ने लक्ष्य रहेको सुवेदीले बताए । सुवेदीले भने,‘निर्माण भइरहेका सबै सडक छेउमा गुलमोहर, तेजपत्ता लगायत जातका विरुवा रोपिने छ । यसले वीरेन्द्रनगरको सौन्दर्यलाई अझ प्रगाढ बनाउने छ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप