वीरेन्द्रनगरलाई हरित नगरको रुपमा विकास गरिँदै
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिएको भएको छ । त्यसका लागि वीरेन्द्रनगर नगरपालिका र भू–संरक्षण विभागबीच द्विपक्षीय सम्झौता भएको छ ।
शहरी वन विकास (बिरुवा उत्पादन खरिद, वृक्षारोपण, संरक्षण) कार्यक्रम अन्तर्गत प्रदेश राजधानीसमेत रहेको नगरपालिकालाई हरित नगरपालिकाको रूपमा विकास गरिने वीरेन्द्रनगर नगरपालिकाले बताएको छ । हरित नगरको रुपमा विकास गर्न नगरपालिका र विभागबीच ७५ लाख ४२ हजार २७६ रुपैयाँ रकमसहितको सम्झौता भएको नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।
हरित नगर बनाउन के के काम गरिँदैछ ?
नगरपालिकालाई हरित नगर बनाउन सडक किनारमा वृक्षारोपण गरिनेछ । विरुवा रोप्न सुरु गरिएको नगरप्रमुख सुवेदीले बताए । विरुवाको प्रजाति र गुणस्तर एवं वृक्षारोपण कार्य डिभिजन वन कार्यालय वा सवडिभिजन वन कार्यालयका वन प्राविधिकको समन्वयमा गरिने छ । वृक्षरोपण स्थल, वृक्षरोपण गरिएका विरुवा एवं वाटिकाको आगामी वर्षहरुमा संरक्षण, स्याहार सुसार स्थानीय तहले गर्नुपर्ने छ । कामहरु दुई वर्षभित्र गरिसक्नुपर्ने लक्ष्य रहेको सुवेदीले बताए । सुवेदीले भने,‘निर्माण भइरहेका सबै सडक छेउमा गुलमोहर, तेजपत्ता लगायत जातका विरुवा रोपिने छ । यसले वीरेन्द्रनगरको सौन्दर्यलाई अझ प्रगाढ बनाउने छ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण