इमेलबाट राजीनामा पत्र पठाएका विष्टले प्रदेशसभा छाडेको सनाखत गराए
शुक्रबार, ०४ चैत २०७८, १९ : १९
गत फागुन २७ मा इमेल मार्फत राजीनामा पत्र दर्ता गराएका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले प्रदेशसभा सदस्य छाडेको सनाखत गरेका छन् । बिहीबार सभामुख राजबहादुर शाही समक्ष उनले सनाखत गरेका हुन् ।
विष्टले काठमाडौंमा नै पत्रकार सम्मेलन गरेर पार्टी, प्रमुख सचेतक र प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका थिए । संविधानको धारा १८० को (क) मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ ।
उक्त उपधारामा निजले प्रदेशसभाको सभामुखसमक्ष लिखित राजीनामा दिएमा राजीनामा स्वीकृत भएको मानिने व्यवस्था छ ।
यद्यपि, बिहीबार नेकपा माओवादी केन्द्र संसदीय दलले भने विष्टलाई राजीनामा फिर्ता लिई नियमित कामकाजमा फर्कन तीनदिने अल्टिमेटम दिएको थियो । तर विष्टले पार्टी छाड्ने नै निर्णयमा पुगेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
-
आफ्नो राहदानी आफैँसँग राख्न मलेसियामा रहेका नेपालीलाई दूतावासको आग्रह
-
प्रश्नबाट भाग्दै सरकार : नियमावली एकातिर, प्रधानमन्त्री अर्कोतिर
-
खोज, उद्धार र राहतका लागि निजी क्षेत्रले सरकारलाई हेलि र ड्रोन दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण