अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल इन्डोनेसिया प्रस्थान
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया प्रस्थान गरेका छन् । अध्यक्ष तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल इन्डोनेसिया प्रस्थान गरेको हो ।
अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ देखि १० गतेसम्म हुने अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग अध्यक्ष तिमिल्सिना नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रतिनिधि मण्डलमा राष्ट्रियसभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधिसभा सदस्यहरु सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहेका छन् । त्यस्तै संघीय संसदका महासचिव डा। भरतराज गौतम, राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाल लगायतको प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जनाएको छ ।
सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो स् मोविलाइजिङ पार्लियामेन्ट टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्ने छन् । त्यसैगरी सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिहरूको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्ने छन् ।
अध्यक्ष तिमिल्सिनाले नेपाल जलवायु परिवर्तनको ठूलो जोखिममा रहेकाले यसका सम्बन्धमा गम्भिरतापूर्वक कुरा राख्ने बताए । उनले गोर्भनिङ काउन्सिलको २०९ औँ सत्रमा पनि भाग लिने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी भएर संसदीय प्रतिनिधि मण्डल चैत्र ११ गते नेपाल फर्किने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण