१० जिल्लामा फैलियो बर्डफ्लु
१० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पशु सेवा विभागसँग जनशक्ति र रकम अभाव भएको छ।
विभागका प्रवक्ता डा. चन्द्र ढकालले १० वटा जिल्लाका विभिन्न स्थानमा बर्डफ्लु फैलिएको भेटिए पनि हालसम्म नियन्त्रणमै रहेको बताउँदै यसरी बढ्दै गयो भने नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिए । अन्य जिल्लाबाट पनि परीक्षणका लागि नमुना आउने क्रम बढेको जनाइएको छ । उनले १० वटा जिल्लामा ६० हजारभन्दा बढी पन्छी नष्ट गरिसकेको र त्यसको क्षतिपूर्ति दिन रकमको अभाव भएको बताए । उनले भने, “किसानलाई क्षतिपूर्ति दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग रकम माग गरेका छौँ तर हालसम्म त्यसको केही प्रतिक्रिया आएको छैन ।” अहिले पाँचदेखि छ करोड रुपियाँ माग गरिएको उनले बताए। आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको स्पष्टोक्ति : ‘सांसदको अभिव्यक्ति नियन्त्रण होइन, संसद्को गरिमा कायम गर्ने प्रयास’
-
अर्थमन्त्रीको निर्देशन : '१६ खर्ब'को लक्ष्य जसरी पनि पूरा गर्नू
-
पेनाल्टीमा फेरि चुके मेसी, इजिप्टविरुद्ध अर्जेन्टिना १-० ले पछि
-
मतियार ठहर बालकृष्ण खाणको राजनीतिक जीवनमा लाग्न सक्छ 'पूर्णविराम'
-
अर्जेन्टिना विरुद्ध इजिप्टको सनसनीपूर्ण सुरुवाती अग्रता
-
एउटा संयोग 'रिपिट' भए अर्जेन्टिना आज हार्नेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण