गर्मीमा खरबुजाको सेवन, स्वास्थ्यका लागि फाइदा नै फाइदा !
गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी लागेसँगै विभिन्न प्रकारका फलफूलहरु बजारमा आउने गर्छन् । फलफूल पोषक तत्वले भरिएको हुन्छ । गर्मीको मौसममा तरबुजा, खरबुजा धेरै मात्रामा खपत हुने गर्छन् । गर्मी मौसमका लागि खरबुजाको सेवन सबैभन्दा फाइदाजनक छ । यसको सेवनले शरीरलाई ताजा महसुस गराउँछ । यसमा क्याल्शियम, आइरन, भिटामिन ए र भिटामिन सीको मात्रा भरपुर मात्रामा पाइन्छ । यसले मिर्गौला, रक्तचाप र आँखाका लागि फाइदा गर्छ । मधुमेहका रोगीका लागि यो निकै फाइदाजनक हुन्छ ।
खरबुजामा जीआईको मात्रा कम हुन्छ । यसको कारण चिनीको मात्रा नियन्त्रणमा रहन्छ । कब्जियतका रोगीका लागि खरबुजा निकै फाइदाजनक मानिन्छ । किनकी यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । यसका साथै, खरबुजामा भिटामिन सी र एन्टिअक्सिडेन्टको स्रोत पनि पाइन्छ । यसले रोग प्रतिरोधी क्षमताको पनि विकास गर्छ । भने, मुटुसम्बन्धी रोगहरुबाट पनि बचाउँछ । साथै, क्यान्सरबाट पनि बचाउँछ ।
डाक्टरका अनुसार मुत्रथैलीमा हुने संक्रमणबाट पीडित व्यक्तिहरुका लागि खरबुजा निकै फाइदाजनक हुन्छ । यसले शरीरका विषाक्त पदार्थहरु बाहिर निकाल्ने काम गर्छ । यसको सेवनले पेटलाई सफा राख्छ । गर्मीमा खरबुजाको सेवन गर्दा छालामा यसको असर देखिन्छ र छाला मुलायम हुन्छ । यसले गर्मीमा शरीरमा पानीको मात्रा पनि कम हुन दिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण