लघुकथा : पिताम्बर बा
“दिनभर भोकै बसियो । अब साँझमा धुनीको दर्शन गरेर खाने मेसो गरौं ।” एक सुरले टिभीमा समाचार हेरिरहेका पिताम्बर बा श्रीमतीको बोलीले झस्के । “हुन्छ हिँड न त,” उनले स्वीकार गरे ।
चार दिन भयो, पिताम्बर बा को मनमा आँधी चलिरहेको छ । श्रीमतीलाई कुरा खोलौँ र मन हल्का बनाऊँ भनेर सोचे पनि । तर, श्रीमती अझ कमजोर छन् भनेर चुपचाप छन् उनी ।
अल्पायुमा छाडेर गएका छोरा बुहारीको चिनो नातिलाई कति दुःख गरेर हुर्काएका थिए उनीहरुले । श्रीमतीसँगै शिव धुनी परिक्रमा गरे, जल चढाए, गाईको दुध चढाए तर उनको मनमा भने शिव धुनीको आगोको लप्काजस्तै बेचैनीको आगो दन्किरहेको थियो ।
घरमा आएपछि श्रीमती खाने मेलो गर्न थालिन् । पिताम्बर बा भने फेरि टिभीमा आँखा लगाउन थाले ।
“पृथुसँग बोल्न नपाएको आज नौ दिन भइसक्यो । कति धेरै अत्यास लागिसक्यो मलाई त,” भान्छा कोठाबाट आएको वाक्यले पिताम्बर बा को छाती चिरियो तर पनि सान्त्वना दिदै भने, “पढ्न गएको मान्छे सधैं फोनमा बोल्न पनि मिल्दैन होला ।”
उनको मन भने बेचैन छ । हातका औंला टिभीको रिमोर्टमा दौडिरहेको छ तर हेर्न खोजेको च्यानल थाहा छैन । “आज तरकारी के बनाउने हो ? लगातार एक साता भो हजुरले खाना फाल्न थाल्नु भएको ।” भान्छाबाट फेरि आवाज आयो ।
“जे सजिलो जे हुन्छ, त्यही गर न,” पिताम्बरले जवाफ दिए । मोबाइल बज्न थाल्यो । म्यासेन्जरमा पृथु रहेछ । “बाबु” दुबैजना एकै पटक बोले । “अब म बाँचे बुबा” उताबाट पृथु बोलेको रहेछ । उ अगाडि बोल्दै गयो, “तीन दिनको प्रयासपछि एउटा चकलेटको भरमा वार्सा आईपुगें । मेरा भारतीय साथीहरूको उद्धार गर्न त मन्त्री नै खटिएका रहेछ्न् बुबा । तर, हाम्रो देशले के गर्दै छ थाहा भएन । अब भने जसरी नि घर आउने आशा पलाएको छ ।”
मोबाइल चारवटा हातले समाइरह्यो र आँखाबाट जल वर्षा भइरह्यो ।
पोखरा–७, मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण