बाराही घाटमा सन्ध्या आरतीको सौन्दर्य (फोटो फिचर)
जब सन्ध्या हुन्छ, माछापुच्छ्रेको आँगन फेवाताल थकित देखिन्छ । आगन्तुकहरूलाई बिहानीबाटै तालबाराही माताको दर्शन गराउन अनि ताल वरपर घुमाउन व्यस्त डुङ्गा पनि सन्ध्यासँगै फेवा किनारा लाग्छन् । दिनभरिको कमाइ बोकेर माझीहरू डेरातिर लम्कन्छन् ।
अँध्यारोले घेर्दै जाँदा फेवाको चहलपहल शून्य हुन्छ । अर्थात् फेवा आफैमा सिरानी कस्छ । तर, साँझ फेवा वरपर टहलिन निस्कने पर्यटकलाई भने फेवा निदाएको पटक्कै मन पर्दैन । सुस्ताएको फेवाले कता कता खल्लो महसुस गराउँछ । लाग्छ, दिनमा झैँ साँझ पनि फेवा उसैगरी जागिरहोस् ।

फेवालाई अध्यारोले घुम्टो ओढाउँदै गर्दा थोरै भए पनि पर्यटकको मन जित्ने काम भने ‘सन्ध्याकालीन आरती’ले गरेको छ । विशेष गरेर धार्मिक पर्यटनलाई केन्द्रमा राखेर ‘माता तालबाराही आरती सेवा समितिले’ बाराहीघाटमा सन्ध्याकालीन आरती गर्ने गरेको छ । यसले बाराहीघाटमा थोरै समय भएपनि पर्यटकलाई मन्त्र मुग्ध बनाउने गरेको छ ।
२०७५ साल असोजको तेस्रो साता अर्थात्, दसैँको घटनास्थापनाको अवसर पारेर सुरु गरिएको सन्ध्या आरती हेर्न आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लै हुने गरेको छ । अझ, मुक्तिनाथ यात्रामा हिँडेको अधिकांश भारतीय पर्यटकका लागि बाराही घाटको संगीतमय आरती कार्यक्रम अर्को आकर्षणको विषय बन्ने गरेको छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण