खजुरा क्यान्सर अस्पतालमा बिरामीका चाप
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ । अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने बिरामीको चाप बढेको छ । क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र वीर अस्पताल काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
खजुरामा ब्राकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत सेवा विस्तार गरेपछि चितवन र काठमाडौँबाट समेत बिरामी आउन थालेको अस्पतालका मेडिकल फिजिसिष्ट डा तीर्थराज अधिकारीले जानकारी दिए। उनले पश्चिम क्षेत्रका बिरामीले आफ्नै ठाउँमै सुलभ र गुणस्तरीय उपचार सेवा पाएको बताए । रु तीन करोड बढीको ब्राकीथेरापी मेसिन जडान गरिएपछि खजुरामा देशभरबाटै बिरामी आउन सुरु गरेका छन् ।
अन्तर्राष्ट्रिय मेडिकल फिजिक्स सर्टिफिकेसन बोर्डबाट रेडियसन अनकोलोजी फिजिसिष्टको मान्यता पाउनुभएका डा अधिकारी र रेडियसन अनकोलिष्ट डा मुकेश यादवले ब्राकीथेरापी सेवा दिइरहेका छन् । अस्पतालमा ब्राकीथेरापी मेसिन जडान गरेपछि पाठेघरको मुखको क्यान्सरको शल्यक्रिया सुरु भएको छ । अस्पतालमा नयाँ प्रविधिको प्रयोग बढिरहेको अस्पतालका निर्देशक कृष्ण आचार्यले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा डिपार्टमेन्टहरू थपिएका छन् । बिरामीको चाप बढ्दो छ, अहिले यहाँका बिरामीमा ५० प्रतिशत क्यान्सर र ५० प्रतिशत अन्य रोगका छन् । वीर अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा जाने गरेका बिरामी खजुरा आउन थालेका छन् । ती दुई ठूला अस्पतालमा ब्राकीथेरापी मेसिन बिग्रिएपछि खजुरामा बिरामीको चाप बढेको चिकित्सकहरू बताउँछन् । देशभरमै यी तीनवटा सरकारी अस्पतालमा मात्रै ब्राकीथेरापी मेसिन छन् ।
ब्राकीथेरापी मेसिन प्रयोग गरेर पाठेघरको शल्यक्रिया सात दिनको फरकमा तीनपटक गरिन्छ । तीनपटक शल्यक्रिया गर्दा खजुरामा रु ४५ हजार खर्च लाग्छ । निजी अस्पतालमा यही सेवा लिदा रु एक लाख खर्च हुने गर्दछ । खजुरामै सेवा पाएपछि पश्चिम नेपालका जनताको समय, पैसा बचेकाले हरेक किसिमबाट लाभदायक भएको खजुरा क्यान्सर अस्पतालका संस्थापक अध्यक्ष एवं खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
कक्षपतिको नेतृत्वमा महायज्ञ गरेर सङ्कलन भएको रकमबाट क्यान्सर अस्पतालको निर्माण सुरु गरिएको हो । पछि यसलाई सरकारीकरण गरेर बाँकेका नेता पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा अस्पतालको नामाकरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ र २ रुपैयाँका नयाँ डिजाइनका सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति
-
विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबी गर्दै मुद्दा दायर
-
मन्त्रिपरिषद् बैठकका सात निर्णय : मिटरब्याज पीडितसँग वार्ता गर्न टोली गठनदेखि नयाँ सिक्का निष्कासनसम्म
-
मुख्यमन्त्रीबाट तत्काल राजीनामा दिन खगराज भट्टको आग्रह
-
सिंहदरबारमा बालेन–लिङ्देन भेट : संविधान संशोधनमा सशर्त सहयोग गर्न राप्रपा तयार
-
रक्षामन्त्री हटाएपछि जेलेन्स्कीविरुद्ध युक्रेनमा प्रदर्शन, सेनाभित्र पनि असन्तुष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण