पुटिनलाई हत्याको डर, हटाए १००० व्यक्तिगत कर्मचारी
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना व्यक्तिगत कर्मचारी मध्येबाट लगभग १००० सदस्यलाई हटाएका छन् । पुटिनलाई यी मानिसले आफ्नो हत्या गर्नसक्ने डर छ । उनले हटाएका कर्मचारीमध्ये अंग रक्षक, कुक, कपडा धुने र निजी सचिव समेत समावेश छन् ।
यी सबैलाई फेब्रुअरी महिनामै हटाइएको समाचारमा जनाइएको छ । हटाइएका मानिसको स्थानमा जसलाई राखिएको छ उनीहरुको बारेमा पनि गहन छानविन भइरहेको छ । पुटिनको आदेशमा रुसी सेनाले २४ फेब्रुअरीमा युक्रेनमा हमला गरेको थियो । युक्रेनमा गरिएको हमलाका कारण रुस र उसका सहयोगीमाथि विश्वभरिमा कठोर प्रतिबन्ध लगाइएको छ ।
अमेरिकी सांसदले व्यक्त गरे आशंका
अमेरिकाको साउथ क्यारोलिनाका सांसद लिन्डसे ग्राहमले यसै महिनाको सुरुवातमा पुटिनको तुलना एडोल्फ हिटलरसँग गरेका थिए । युद्ध समाप्त पार्ने एकमात्र तरिका भनेको कसैले उनको हत्या गरिदिनुपर्ने उनले बताएका थिए ।
विष दिने विषयमा बदनाम छ क्रेमिलिन
लिन्डसे ग्राहमले डेली बीस्टसँगको कुराकानीमा पुटिनलाई विष दिन वा दिलाउने काम कुनै विदेशी सरकारबाट नहुने बताएका छन् । उनले भने, ‘क्रेमलिन (रुसी राष्ट्रपतिको कार्यालय) भित्रनै यसको प्रयास हुने छ ।’ रुसी जासुसी विभाग सम्भवतः एकमात्र यस्तो संस्था बाँकी रहेको छ, जसले मानिसको हत्याका लागि उनीहरुलाई विष दिने गर्छ । विष दिने घटनालाई पहिले क्रेमलिनलाई जोडेर हेर्ने गरिन्थ्यो ।
क्रेमलिनका आलोचकहरुलाई नर्भ एजेन्ट नोभिचिक दिइने गरिन्थ्यो । पुटिनका सबैभन्दा ठूला आलोचक एलेक्सी नभालनीलाई २०२० को अगस्टमा नोभिचिक दिइएको थियो । तर उपचार पाएकाले उनको जीवन बच्न सफल भएको थियो । हाल उनी रुसको एक जेलमा बन्दी जीवन बिताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण