काँग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने
नेपाली काँग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने भएको छ । सो पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्र महिनाभित्रै लगाइसक्ने बताएका हुन् ।
आइतबार नेपाल प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरूको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताउदै आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरूको टुंगो सोही अनुसार लगाइने बताए ।
‘यसपटक विगतमा भए जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति रहने छैन । निर्णय गर्ने प्रकृया पनि विभिन्न तहमा विकेन्द्रीकृत छ । चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गछौं’, प्रवक्ता महतले भने ।
उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भएमात्र केन्द्रले हेर्न सक्ने पनि बताए । उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकोले जो उठाउँदा बढी मत आउछ त्यसैलाई प्राथमिकता दिएर उम्मेदवारी तय गर्न उपयुक्त हुने बताए ।
काँग्रेस प्रवक्ता डा.महतले आउने स्थानीय चुनावमा केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच गठबन्धन हुन्छ कि हुँदैन भन्ने बारेमा पनि बोले । उनले स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा पनि यसको तय हुने तर गठबन्धन हुने नहुनेबारेमा नेपाली कांग्रेसको यही ११ गते बस्ने बैठकले सिद्धान्त तय गर्न सक्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान, राष्ट्रिय प्राथमिकताका विषयमा छलफल हुने
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण