अमेरिकामा कार शोमा गोली चल्दा १० जना घाइते
आइतबार, ०६ चैत २०७८, १३ : ०१
संयुक्त राज्य अमेरिकाको अर्कान्सासमा एउटा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते भएको शनिबार सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘एएसपी (अर्कन्सास राज्य प्रहरी) लाई प्राप्त प्रारम्भिक जानकारी अनुसार गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन्,’ प्रहरीले शनिबार अमेरिकी प्रसारण नेटवर्क नेसनल ब्रोडकास्टिङ कम्पनी (एनबीसी) लाई उद्धृत गर्दै विज्ञप्तिमार्फत जनाएको छ।
अर्कान्ससको देशा काउन्टीस्थित डुमस शहरमा शनिबार राति गोली चलेको हो । प्रहरीका अनुसार राजमार्ग गस्ती अधिकारी, सेना र अन्वेषकहरूलाई कार शो भइरहेको व्यावसायिक स्थानमा पठाइएको थियो।
सम्भावित संदिग्धहरू र घाइतेहरूको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण