लेटाङ घटनाको छानबिन गरिने
एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानबिन गरिने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन हुने बताएका हुन् ।‘यत्रो ठूलो घटना भएको छ, प्रहरी जवानको नै मृत्यु भएको छ,हामी केही न केही छानबिन गर्छौं,’ बिसीले भने । बिसीले आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण भएको बताए ।
आइतबार दिउँसो भएको उक्त घटनामा परी २५ जना प्रहरी घाइते भएका छन् भने ७ जनासम्म सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये १४ जना प्रहरीहरुको सामान्य उपचार गरिएको छ र बाँकी १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको बिसीले जानकारी दिए ।
यस्तै, घाइते भएका स्थानीय ७ जनामध्ये १ जनाको कोशी र १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अन्य सामान्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । सर्वसाधरणको आक्रमणमा परी उनको मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिइन् । उनको घर खोटाङ रहेको प्रहरीले बताए पनि विस्तृत विवरण दिएको छैन ।
लेटाङमा कर्फ्यु आदेश
यसैबीच, थप दुर्घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासन कार्यालय मोरङले चिसाङ खोला पूर्व, मोरङ्गी खोला पश्चिम, लेटाङको वडा नम्बर ६ को कार्यालय दक्षिण र कमलपुरबाट उत्तर निषेधाज्ञा जारी गरेको हो । बिहान ७ बजेदेखि निषेधाज्ञा कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा उल्लेख छ ।
लेटाङ–५ खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नाराबाजी र आगजनी गरेका थिए । सोही क्रममा विद्यार्थी र अभिभावकको आक्रमणमा परी प्रहरी जवान श्रेष्ठको हत्या भएको हो । आइतबार बिहान ११ बजेदेखि अबेर रातिसम्म लेटाङ अशान्त बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण