राष्ट्रियस्तरमा एमालेले तालमेल गर्दैन : विशाल भट्टराई
नेकपा एमालेका नेता विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताएका छन् । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रमुख सचेतक समेत रहेका भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भएपनि राष्ट्रियस्तरमा एमालेले तालमेल र गठबन्धन नगर्ने बताएका हुन् ।
‘यो निर्वाचनमा राष्ट्रियस्तरमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै चुनाव लड्छ । स्थानीयस्तरमा स्थानीय आवश्यकताअनुसार कहिँकतै कार्यगत एकता भएबाहेक राष्ट्रिय स्तरमा एमालेले गठबन्धन गर्दैन’, भट्टराईको भनाइ छ । उनले आज बोलाइएको पोलिटब्युरो बैठकका दुई एजेण्डा रहेको पनि बताए । ‘९ र १० गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने र आसन्न स्थानीय निर्वाचनको सम्पूर्ण तयारी गर्ने कुरामा बैठक केन्द्रीत हुन्छ ।’
उनले भने, ‘एकातिर एमाले र अर्कोतिर गठबन्धन कित्ताबन्दी भएको अवस्था छ । यस्तो अवस्थामा एमालेले सर्वसम्मत उम्मेदवार छानेर अघिल्लो निर्वाचनको तुलनामा अत्याधिक सिट जित्नेगरी एमालेको तयारी हुन्छ’, उनले भने, ‘यो बैठकले घोषणापत्र र उम्मेदवारका मापदण्ड पनि तय गर्छ ।’
लोकप्रिय र जित्ने मात्रै नभएर स्थानीय तह चलाउन सक्ने उम्मेदवारको खोजीमा एमाले रहेको भट्टराईको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण