अर्थतन्त्र सुधार्न ‘उच्चस्तरीय समिति’ गठन गर्दै सरकार
अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार गर्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै उच्चस्तरीय समिति गठन गरेर बिग्रँदो अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताएका हुन् ।
विगत ८ महिनादेखि प्रधानमन्त्री देउवा आफैंले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका छन् । सोहीक्रममा आइतबार डाकिएको उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहरुसँग छलफल गर्दै प्रधानमन्त्री देउवाले नै उच्चस्तरीय समिति गठन गरेर चुलिँदो आर्थिक संकट समाधान गर्नुपर्ने धारणा राखेका हुन् ।
प्रत्येक तीन–तीन महिनामा बस्नुपर्ने बैठक प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएयता बस्न सकेको थिएन । प्रधानमन्त्री देउवाले बोर्डको पहिलो बैठक बोलाएर उद्योगीसँग छलफल गर्दै वर्तमान आर्थिक स्थितिको बारेमा चासो समेत राखेका छन् । सोहीक्रममा उद्योगीहरुको ‘बिफ्रिङ’ सुनेपछि प्रधानमन्त्री देउवाले उच्चस्तरीय कमिटी गठन गरेर अगाडि बढ्नुपर्ने बताएको सहभागी उद्योगीहरूले बताएका छन् ।
बोर्डको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससहित विभिन्न विभागीय मन्त्रालय सचिवको उपस्थिति थियो । छलफलमा सहभागी चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले वर्तमान आर्थिक स्थितिबारे छलफल भएको बताए । उनले प्रधानमन्त्रीसहितको टोलीले आर्थिक स्थितिको विषयमा जानकारी लिएर यसको सुधारको विषयमा छलफल गरेको समेत बताए ।
‘बढ्दो वैदेशिक व्यापार घाटा, वर्तमान आर्थिक स्थिति, आयात नियन्त्रण तथा तरलता अभावको विषयमा छलफल भयो,’ मल्लले रातोपाटीसँग भने, ‘देशको वर्तमान आर्थिक स्थितिप्रति प्रधानमन्त्री ज्यू चिन्तित हुनुहुन्छ । अब उच्चस्तरीय समिति गठन गरेर थप छलफल गर्ने उहाँको योजना छ । यसमा हामीसँग साथ खोज्नु भएको छ ।’
त्यस्तै छलफलमा सहभागी परिसंघका अध्यक्ष विष्णु अग्रवालले प्रधानमन्त्री देउवासँग अर्थतन्त्रको वर्तमान स्थितिबारे गहन छलफल भएको बताए । उनले नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस), ब्याजदर वृद्धि, लगानीयोग्य पूँजीको अभाव, वैदेशिक व्यापार घाटा तथा अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती हुने विषयमा समेत छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण