तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य
चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म रु दुई अर्ब चार करोड राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताए । रु ८२ करोड ६४ लाख लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो ।
आर्थिक वर्ष २०७८र७९ असार मसान्तसम्म एक अर्ब ६४ करोड लक्ष्य लिएकामा रु दुई अर्ब चार करोड राजस्व उठेको थियो । राजस्व उठे पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताए । सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उनले बताए । नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा उनको जोड छ ।
विसं २०७२ को भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीपछि नाका सजहरूपमा सञ्चालन हुनसकेको छैन । आयात न्यून रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताए । नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन् । भूकम्पअघि यस नाकाबाट दैनिक रु डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण