‘स्वर्णिम रहस्य’को विमोचन
साहित्यकार खेम शर्माको पुस्तक स्वर्णिम रहस्य विमोचन गरिएको छ । उपराष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमका बीच उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त कृति सार्वजनिक गरेका हुन् ।
उक्त कार्यक्रमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री बोधमाया यादव, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावल, गैरआवाशीय नेपाली अभियन्ताहरू डा. उपेन्द्र महतो, डा. शेष घले, भवन भट्ट, धर्मराज अधिकारी, विजय पोखरेल, समिम अनबर, बद्री बरुवाल लगायतको उपस्थिति थियो ।
अवसरमा उपराष्ट्रपति पुनले स्वर्णिम युग फाउन्डेसनको शुभारम्भ गर्दै वेबसाइटसमेत सार्वजनिक गरे । उक्त फाउन्डेसन पुस्तक बिक्रीबाट आएको रकमले समाज सेवा गर्न स्थापना गरिएको सात्यिकार खेम शर्माले बताए । उनले भने, “मेरो स्वर्णिम रहस्य पुस्तकबाट आएको सबै रकम समाजसेवामा खर्च गर्छु ।”
सोही अवसरमा सार्वजनिक पुस्तको चर्चा गर्दै प्राविधिक शिक्षाविज्ञ खेम लकाईले पुस्तक पढेपछि आफू पनि प्रभावित भएर अभियानमा सामेल भएको बताए ।
पुस्तकले अनुशासित जीवन शैली अपनाउन प्रेरित गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण