‘चुनावअघि जनप्रतिनिधिले राजीनामा दिए जनताले सिफारिस पनि पाउँदैनन्’
आगामी स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारी बन्न चाहने जनप्रतिनिधिहरूले चुनावअघि नै पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिताले समस्या निम्त्याउने गाउँपालिका राष्ट्रिय महासंघले दाबी गरेको छ । आज (विहीबार) राजधानीमा आयोजित एक कार्यक्रममा महास‌ंघ अध्यक्ष होमनारायण श्रेष्ठले उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले चुनावअघि नै राजीनामा दिनुपरे नागरिकले सिफारिससमेत नपाउने स्थिति बन्ने जिकिर गरेका हुन्‌ ।
‘जनप्रतिनिधिले राजीनामा दिँदा स्थानीय तह रिक्त हुन्छ, नागरिकले सिफारिससमेत पाउँदैनन्‌,’ श्रेष्ठले भने, ‘त्यतिखेर के गर्ने ? अत्यावश्यक र तत्कालै सेवा प्रवाह गर्नुपर्ने अवस्था आए जनप्रतिनिधि नै नहुँदा के हुन्छ ? यसतर्फ कसैको ध्यान गएको छैन ।’
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन आचारसंहितामा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने जनप्रतिनिधि उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था नगरेको भए ठूलो दुर्घटना निम्तिने पनि आयोगका पदाधिकारीहरूले दाबी गरिरहेका छन्‌ । निर्वाचन आयोगले गरेको यो व्यवस्थाविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत परेको छ । सर्वोच्चले सो रिटमाथि उत्प्रेषण आदेश जारी गर्दै मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल लागू नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण