दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु
बुधबार, ०९ चैत २०७८, १४ : ३९
दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका ३ का ३१ वर्षिय किसन चौधरी रहेको हुन् ।
गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका-१ कौडियास्थित भालुबाङबाट लमहीतर्फ जाँदै गरेको लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार मोटरसाईकलमा सवार कपिलवस्तु त्रिपुरा नगरपालिका ८ का २८ वर्षिय विरेन्द्र यादवको बुटवलमा उपचार भैरहेको छ प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण