बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

बुधबार, ०९ चैत २०७८, १५ : ०६
बुधबार, ०९ चैत २०७८

लुम्बिनी प्रदेशमा भएका  छुट्टाछुट्टै  दुर्घटनामा ४ जनाको मृत्यु  भएको छ । दाड, रुपन्देही र बर्दियामा  भएका  दुर्घटनामा परी ४ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक कुलोमा मृत्त अवस्थामा फेला परेका हुन् ।

दाङका लमही नगरपालिका-३ निवासी ३१ वर्षिय किसन चौधरी रहेको  मोटरसाईकल दुर्घटनमा मृत्यु भएको छ । गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु हो । पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका १ कौडियास्थित भालुबाङबाट लमहीतर्फ जाँदै गरेको लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार मोटरसाईकलमा सवार कपिलवस्तु त्रिपुरा नगरपालिका ८ निवासी २८ बर्षिय विरेन्द्र यादवको बुटवलमा उपचार भैरहेको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ । दाङ जिल्ला कै  शान्तिनगर गाउँपालिका–६ कोर्वाङघाटस्थित कुलोमा बबई गाउँपालिका–७ बस्ने ६५ वर्षीया गंगी कुँवर मृत अवस्थामा फेला परेकी छन् । मृतकको अनुहार र खुट्टामा घाउचोट देखिएकोले प्रहरीले सोधपुछको लागि एक जनालाई नियन्त्रणमा लिएको छ.। 

यस्तै रूपन्देहीको सैनामैना नगरपालिका–४ लखनपाडास्थित सैनामैना मत्स्यपालन फर्ममा काम गर्ने नवलपरासी सरावल गाउँपालिका–७ घर भएका ६७ वर्षीय राम आज्ञा केवट सोही फर्मको मृत अवस्थामा फेला परेका छन् । यस्तै बर्दिया, गुलरिया नगरपालिका–४ स्थित बबई नदीमा डुबेर सोही ठाउँ बस्ने धनिराम यादवको छोरा १० वर्षीय रिदम यादवको मृत्यु भएको छ । नदीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उपचारको भएको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप