एनएसएलबारेको विवाद मिल्यो, एन्फाले दियो स्वीकृति
नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्ट प्रालि (एनइएसएम) लाई नेपाल सुपर लिग (एनएसएल) गर्न स्वीकृति दिएको छ । खेलाडी अनुबन्धका विषयमा विवाद भएको कारण एनएसएलको टाइसिट ड्र रोकिएको थियो ।
ए डिभिजन लिग क्लबले आफ्नो अनुबन्धमा रहेका खेलाडीलाई एनएसएलले छलफल नै नगरी अन्य क्लबमा अनुबन्ध गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।
एन्फाले अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा विवाद समधान समिति गठन गरेको थियो । समितिको बुधबार बसेको बैठकले एनएसएल गर्न स्वीकृति दिएको हो । एन्फाले चैत २५ देखि जेठ १ गतेसम्म एनएसएल गर्न स्वीकृति दिएको हो ।
नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले ‘क्लब टू क्लब’ सहमति हुने निर्णय सहित एनएसएल गर्न स्वीकृति आएको रातोपाटीलाई बताए । ‘अब ए डिभिजन लिग क्लब र एनएसएलका क्लबहरुले एक आपसमा सहमति गर्ने छन्,’ शर्माले भने ।
अब एनएसएलले छिटै नै टाइसिट ड्रका लागि नयाँ मिति सार्वजनिक गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण