सलमान खानको स्वागत गर्न आतुर छौँ : मन्त्री आले
संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेले भारतीय कलाकार सलमान खानको स्वागत गर्न र उनको कार्यक्रम हेर्न नेपालीहरु आतुर रहेको बताएका छन् । बुधबार काठमाडौको सोल्ठी होटलमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले बढी भन्दा बढी पर्यटक भित्र्याउने र राज्यलाई लाभ हुने काम आफ्नो समेत भएकाले नेपालमा हुने सलमान खानको कार्यक्रमले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
‘हामी आतुर भएका छौ सलमान खानलाई स्वागत गर्न र कार्यक्रम हेर्न’, मन्त्री आलेको भनाइ छ । उनले आयोजक ओडीसीएनलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै उक्त कार्यक्रम आयोजकको मात्रै नभएर हामी सवैको कार्यक्रम भएको बताए । ‘यसलाई सफल पार्न हामी सवैले साथ दिनुपर्छ, मेरो मन्त्रालयबाट गर्नसक्ने सहयोग गर्ने विश्वास दिलाउँछु । नेपाल सरकार पनि प्रतिवद्ध छ’, आलेले कार्यक्रमबारे आफुले प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उहाँ सहभागी हुन इच्छुक रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

