कर्णालीमा एमाले : गठबन्धन भए १५ र एक्लाएक्लै लडे २९ पालिका जित्ने अनुमान

०७४ को स्थानीय तहको निर्वाचनमा कर्णालीमा पहिलो शक्ति केन्द्रको रुपमा स्थापित बनेको एमाले अहिले पनि आफुलाई पहिलो शक्ति बन्ने दाबी गर्दै आएको छ । केही समयअघि वीरेन्द्रनगरमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेला कार्यक्रममा पनि केन्द्रीय नेताहरुले पहिलो शक्ति बन्ने गरी तयारी थाल्न निर्देशन पनि दिए । तर केन्द्रीय कमिटीको तेस्रो बैठकमा पनि एमालेले शिथिल रिपोर्टिङ गरेको छ ।
एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले प्रस्तुत गरेको रिपोर्टिङ हेर्दा कर्णालीमा एमालेलाई पहिलो शक्ति बन्न हम्मे–हम्मे पर्ने देखिन्छ । रिपोर्ट हेर्दा वर्तमान सत्ता गठबन्धन एकातिर,एमाले एक्लै अर्कोतिर हुँदा कर्णालीमा जम्मा–जम्मी १५ स्थानीय तह जित्ने आंकलन देखिएको छ । यदि सत्ता गठबन्धन नभएको अवस्थामा २९ स्थानीय तह जित्ने आंकलन गरिएको छ ।
कर्णालीमा ७९ वटा स्थानीय तह रहेका छन् । नेकपा एमाले प्रदेश कमिटीले दिएको जानकारी अनुसार ०७४ को निर्वाचनमा एमालेले २७ पालिकाका आफ्नो वर्चश्व कायम गरेको थियो । तर अहिले एमाले विभाजन भएर जनाधार विभाजन बनेको छ । जसको प्रत्यक्ष फाईदा नेपाली काँग्रेस र माओवादीले लिन सक्ने नेताहरुले आंकलन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’
-
ट्रम्पले इजरायल–इरान तनाव घटाउने जी –७ प्रस्तावमा हस्ताक्षर नगर्ने