उच्च अदालतले रोक्यो पर्वतारोहण संघको साधारणसभा
बुधबार, ०९ चैत २०७८, १७ : ५९
उच्च अदालत पाटनले नेपाल पर्वतारोहण संघको साधारणसभा रोकेको छ । आज ९ गतेका लागि तय भएको संघको वार्षिक साधारणसभा उच्च अदालतको आदेशसँगै अनिश्चितकालका लागि बन्द भएको हो ।
‘अदालतले अल्पकालीन अन्तरिम आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्म साधारण सभा स्थगित भएको छ,’ संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सोलु दूधकुण्ड नगरपालिकाका काजी शेर्पा र खुम्बु पासाङल्हामु गाउँपालिकाका आङ्नोर्बु शेर्पाले दायर गरेको मुद्धाको सुनुवाई गर्दै अदालतले संघको साधारणसभा रोक्न आदेश दिएको थियो ।
उनीहरू संघको नियमित वार्षिक साधारणसभा नगर्न÷नगराउन भन्दै उच्च अदालत पाटन पुगेका थिए । उनीहरुले संघविरुद्ध अन्तरिम आदेशको माग समेत गरेका छन् । संघले वार्षिक साधारणसभाका लागि सम्पूर्ण तयारी सम्पन्न गरिसकेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण