लेटाङमा भोलिदेखि कर्फ्यु हट्ने
मोरङको लेटाङमा गत आइतबार भएको झडप र एक जना प्रहरी जवानको मृत्युपछि लगाइएको कर्फ्यु आदेश बिहीबार बिहानदेखि हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले आज एक सूचना जारी गर्दै कर्फ्यु आदेश बिहीबार बिहान ६ बजेदेखि हटाइएको जनाएका छन् ।
स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज प्रसाद पौडेलले छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि आइतबार दिनभर लेटाङ बजार तनावग्रस्त भएको थियो । सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । यस्तै सोही घटनामा परी २५ जना प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका थिए । प्रहरी जवान श्रेष्ठको भीडको आक्रमणमा परी मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिइन् ।
सो घटनाको विषयमा छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । घटनामा संलग्न एक दर्जन बढीलाई नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण