चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले चुनावको मुखमा पार्टी फेर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् । भट्टराईले दल भनेको राज्य र समाज रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति–समूहको संगठित अभिव्यक्ति भएको बताउँदै त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक भएको बताए ।
चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद भएकोले यसलाई रोक्नुपर्ने उनको भनाइ छ । बुधबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् : ‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति–समूहको संगठित अभिव्यक्ति हो। त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो। तर चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो ! यसलाई सबैले रोकौँ !’ उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण