‘सलमान खानले ५० करोडमा मेरो सुपारी दिएका छन्, म मारिनेछु’
बलिउड फिल्म अभिनेता तथा समीक्षक कमाल राशिद खान (केआरके) ले आफ्नो ज्यान खतरामा भएको बताएका छन् । धेरैजसो विवादमा रहने केआरकेले एक यस्ता अभिनेतामाथि आरोप लगाएका छन् जसको नाम सुनेर सबैजना चकित परेका छन् । केआरकेले एकपटक पुनः सलमान खानमाथि आक्रमण गरेका छन् । उनले सलमानलाई आफ्नो ज्यानको खतरा बताएका छन् ।
केआरकेले थुप्रै ट्वीट गरेर यसबारे बताएका छन् । दिल्ली प्रहरी र मुम्बई प्रहरीलाई ट्याग गर्दै उनले ट्वीट गर्दै भनेका छन्, ‘आफूलाई मन्त्रीको पिए बताउने एकजना व्यक्तिले मलाई फोन गरेर सूचनाका लागि उनलाई फोन गर्न भने । उनले दिएको नम्बरमा फोन गर्दा उनले मलाई अर्को ह्वाट्सएप नम्बर दिए । उनले मेरोबारे रेकर्डिङ भएको बताए ।’
‘ती व्यक्तिले मलाई सलमान खानले मुम्बई र दिल्ली प्रहरीलाई ५० करोड भारु दिएको सुपारीको रुपमा दिएको बताए । उनले यसमा धेरै मन्त्रीहरु पनि संलग्न भएको बताए । त्यसैले म भारत जाने बित्तिकै म मारिनेछु । उनले सलमान खान, थुप्र्रै राजनीतिज्ञ र प्रहरी अधिकारीको रेकर्डिङसमेत भएको बताए ।’
He told me that Salman khan has given my Supari to Mumbai and Delhi police for ₹50Cr. He said that Many ministers are also involved. So I will be killed, whenever I will go to India. He claimed to have recordings of Salman khan and many politicians and police officers.
— KRK (@kamaalrkhan) March 24, 2022
अब केआरकेको कुरामा कत्ति धेरै वास्तविका छ, यसबारे भने थाहा छैन । तर सलमान खानको नाम लिएर केआरकेले पुनः अर्को विवाद निम्त्याउने मौका मिलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
