पल शाह विरुद्धको थुनछेक बहस सकियो, आदेश आजै आउने

नाबालिग गायिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा नायक पल शाहविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । थुनछेक बहस सकिएसँगै आज नै थुनछेक आदेश आउने जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिचन्द्र गौतमले बताए ।
उनी भन्छन्, ‘बहस सकिएको छ । आदेश आजै आउँछ ।’ उनका अनुसार जाहेरवालाको पक्षबाट दुई जना सरकारी वकिलसहित नौ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रतिवादीका तर्फबाट ११ जनाले बहस गरेको उनले जानकारी दिए । जाहेरवाला पक्षको बुधबार नै बहस सकिएको थियो । प्रतिवादीको तर्फबाट तीनजनाले बहस गरेका थिए । तेस्रो कानुन व्यवसायीको बहसबाट बिहीबार सुरु भएको हो ।
बुधबारदेखि जिल्ला न्यायाधीश हरिषचन्द्र ढुंगानाको बन्द इजालसमा बहस सुरु भएको थियो । सोमबार जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।
सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा दर्ता गराएको हो । १२ देखि १४ वर्षको कैद सजाय माग गर्दै जिल्ला अदालत तनहुँमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको हो ।
प्रहरीले बुझाएको प्रतिवेदनको आधारमा पीडित बालिका १६ वर्ष कम उमेर भएकाले १२ देखि १४ वर्षसम्मको कैद सजायको र मनासिव क्षतिपुर्ति माग गर्दै मुद्दा दर्ता गरिएको छ ।
पलका म्यानेजर जोशीलाई आधा सजायको माग गरिएको छ । मंगलबार पलको बयान लिइएकोमा बुधबार उनको म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिएर सकाएपछि थुनछेक बहस सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित