निर्धारित समयमा एनएसएल हुन नसक्ने
नेपाल सुपर लिग (एनएसएल) निर्धारित समयमा हुन नसक्ने भएको छ । फ्रेन्चाइज फुटबल प्रतियोगिता निर्धारित समयमा गर्न नसकिने आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले बताएको छ ।
आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र एनएसएलमा आबद्ध १० टिमको संयुक्त बैठकले एनएसएल गर्न नसकिने बताएको हो ।
१० क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा)कै पदाधिकारीहरुबाट एनएसएल गोल्डकपको मान्यतामा हुन्छ भन्नु दुःखद भएको बताएका छन् । उनीहरुले एन्फाको असहयोग र असन्तुष्ट क्लबको विरोधका कारण निर्धारित समयमा प्रतियोगिता गर्न नसकिने प्रष्ट पारेका छन् ।
एनएसएल चैत २६ गतेबाट हुने मिति तय थियो । बुधबार बसेको एन्फाको बैठकले एनएसएल गर्न स्वीकृत दिएको थियो । एनएसएलले भने प्रतियोगिताको तयारी गर्न समय कम भएको बताएको छ । त्यस्तै गोल्डकपसँग समय जुधाएर एन्फाले एनएसएललाई झनै असहयोग गरेको बताएको छ ।
बैठकपछि संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आयोजक र सहभागी टिमले समस्या समाधानका लागि ए डिभिजनका क्लब तयार नहुनु र समस्या समाधानका लागि समिति गठन गरेर अघि बढ्न ढिलाई भएका कारण निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन नसकिने बताएका छन् ।
एनएसएलले हाल कायम रहेको सम्झौता स्वतः नवीकरण हुने र आगामी दिनमा वार्षिक क्यालेन्डरमा राखेर अन्य प्रतियोगितासँग नजुध्ने गरि पर्याप्त तयारीको समय दिएर भाद्र र असोज महिनाका लागि प्रतियोगिता सञ्चालनको समय उपलब्ध गराउन एन्फासँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण