अमेरिकामा नेपालीले थ्याङ्कसगिभिङ् डे मनाउँदै: पाताल मयूरको स्वाद यसरी लिए
वाशिंगटन डिसी - अमेरिकामा ९० को दशकदेखि बिज गणतीय रुपमा नेपालीको जन घनत्व वृद्धिसँगै नेपाली चाडपर्व झैँ अमेरिकन चाडपर्व त्यतिकै मनाउन थालिएको छ ।
नेपाली मूलका नागरिकले अमेरिकन महत्वपूर्ण चाड थ्याङ्कसगिभिङ् डे (धन्यवाद दिवस) हर्सोल्लासका साथ मनाएका छन् ।
यस दिन स्वादिष्ट परिकारसँगै मुख्य रुपमा अमेरिकामा पाइने एक प्रकारको पंक्षी टर्की खाने गरिन्छ । यो नेपालमा पाइने तित्रा भन्दा ठुलो र कालिज भन्दा ठुलो पंक्षी हुन्छ ।

बिशेष टर्की (पाताल मयूर) लाई बिभिन्न तरिकाले पकाएर खाने गरिन्छ ।
सरकारी कार्यालय बिदा
थ्याङ्कसगिभिङ् डे इसाईहरुको प्रमुख चाड हो । यो अमेरिका र क्यानडामा लगायत अन्य देशमा पनि मनाइन्छ । अमेरिकामा नोभेम्बरको चौथो बिहिबार र क्यानडामा दोस्रो सोमबार पर्छ । त्यसदिन सबै सरकारी कार्यालय बिदा हुन्छन् भने धेरैजसो कामदारले
समेत बिदा पाउँछन् ।

भोलिपल्ट ब्ल्याक फ्राइडे
यो दिवस फसल (बाली) फलेको खुसीयालीमा मनाइने प्रचलन छ । यो भगवानलाई धन्यवाद दिन भन्दै मनाउन थालिएको चाड हो । अमेरिकामा थ्याङ्कसगिभिङ् डेको भोलिपल्ट शुक्रबार पर्छ । उक्त शुक्रबारलाई ब्ल्याक फ्राइडे (कालो शुक्रबार) भनिन्छ। उक्त दिन धेरै पसलहरुले सामान निकै सस्तोमा बेच्छन् भने उक्त दिन सबैभन्दा ज्यादा बिक्रि हुने गर्दछ ।

पारिवारिक भेटघाट
अमेरिकामा अन्य चाडभन्दा यो पर्वलाई धेरै महत्व दिने गरिन्छ । साथै भने पारिवारिक भेटघाट पनि गरिन्छ । एकै थलोमा ४ पुस्ते सम्म जम्मा भएर खानपिन गरि मनाउने गर्छन् ।

इतिहास
१६२१ देखि यो मनाउन थालिएको हो यो दिवस अमेरिका, क्यानडा, लाइबेरिया, सेन्टलुसिया, अस्ट्रेलियाको नर्फोक आइल्याण्ड तथा नेदरल्याण्डको लिडेनमा मनाइन्छ ।
यस परम्पराको सुरुवात हालको म्यासिचुसेट्स राज्यबाट सुरु गरिएको ऐतिहासिक पृष्ठभुमि छ ।

पछि १६२१ देखि यो उत्सव भर्जिनिया बाट सुरु भएको ईतिहासकारले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण