श्रद्धा कपुर र रोहन श्रेष्ठको ब्रेकअप ?
बलिउड अभिनेत्री श्रद्धा कपुर र उनका कथित प्रेमी रोहन श्रेष्ठको ब्रेकअप भएको खबर प्रकाशित भएको छ । भारतीय सञ्चार माध्यम बलिउड लाइफ र पिंकभिलामा श्रद्धा कपुरको उनका सेलिब्रिटी फोटोग्राफर रोहन श्रेष्ठसँग ब्रेकअप भएको खबर छ । स्रोतका लागि यी दुई पछिल्लो चार वर्षदेखि सम्बन्धमा थिए ।
कसरी चल्यो हल्लाः
हुन त श्रद्धाले रोहनसँगको सम्बन्धबारे खुलेर कहिल्यै पनि कुरा गरेकी छैनन् तर उनीहरुको प्रेमको चर्चा भने भइरहने गर्दथ्यो । तर पछिल्लो पटक भने यी दुई छुट्टिएको हल्ला चलेको छ । हल्ला चल्नुको पनि एउटा खास कारण छ । खासमा रोहन श्रद्धाको जन्मदिनमा नगएका कारण यस्तो खबर आएको छ । त्यसदिन उनी फ्रि भएपनि श्रद्धाको जन्मदिनको पार्टीमा नगएको बताइएको छ । केही भारतीय मिडियाले यी दुईको सम्बन्धमा जनवरीदेखि नै खट्पट सुरु भएको बताइएको छ । अब श्रद्धाले भने यो सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।
बाल्यकालका साथी हुन् रोहन र श्रद्धाः
श्रद्धा कपुर र रोहन बाल्यकालका साथी हुन् । यी दुईको परिवारबीच पनि असाध्यै राम्रो सम्बन्ध भएको बताइन्छ । यी दुईलाई धेरैजसो डिनर डेट्समा भेटिने गरिन्थ्यो । इन्टरनेटमा त उनीहरुको विवाहको समेत खबर थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण