सुनिलको ‘झम्के साँझ’ मा पल र प्रकृतिको रोमान्स
शुक्रबार, ११ चैत २०७८, ११ : २७
अभिनेता पल शाह नाबालिग बलात्कारको अभियोगमा थुनामा छन् । तर उनले अभियोग लाग्नु अगाडि अभिनय गरेको भिडियो भने अहिले सार्वजनिक भइरहेका छन् ।
यस्तैमा पल अभिनित गायक सुनिल गिरीको नयाँ गीत ‘झम्के साँझ’ को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । लोकपप शैलीको गीतको भिडियो अभिनयमा पललाई अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् ।
गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाको पनि स्वर छ । भिडियोमा रोदी घरमा हुने ‘झम्के साँझ’ मा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो किस्सा समेटिएको छ ।
दिपेन्द्र तिमल्सिनाको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, मनोज कार्कीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण