चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा
चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आएका छन् । भ्रमणका क्रममा उनले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेको समाचारमा जनाइएको छ ।
उनले भारतीय समकक्षी एस जयशंकरसँग प्रतिनिधि मण्डलसहित हैदरावाद हाउसमा भेटवार्ता गरेका छन्। यसअघि उनले भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग उनकै कार्यालय साउद ब्लकमा भेटवार्ता गरेको अधिकारीहरूले जनाएका छन् ।
दुवै जनासँगको भेटवार्ताका क्रममा विदेशमन्त्री यीले दुई पक्षीय हित, आपसी सहयोग तथा सहकार्य र साझा चासोका बारेमा कुराकानी गरेका थिए । भारत र चीनबीचको सम्बन्धलाई अझ मजबुत, सुमधुर बनाउँदै सहकार्यका क्षेत्र तथा दायरा बढाउने बारेमा पनि उनीहरूले छलफल गरेको जनाइएको छ ।
विभिन्न देशको भ्रमण गर्ने क्रममा उनी बिहीवार बेलुका भारतको संघीय राजधानी नयाँ दिल्ली आइपुगेका हुन् । यही वर्ष चीनको राजधानी बेइजिङमा हुन लागेको ब्रिक्सका लागि निमन्त्रणा दिन चिनियाँ विदेश मन्त्री यी भारत आएको जनाइएको छ । भारत आउनु अघि उनले पाकिस्तानको राजधानी इस्लामावादमा भएको इस्लामिक सहयोग संगठन ९ओआइसी० को बैठकमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारभित्र एकीकृत ‘सिंहदरबार पुस्तकालय’ बनाउन प्रस्ताव
-
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
-
सरकार खुसी पार्न संयन्त्र केन्द्रित हुँदा नागरिक असुरक्षित : महर
-
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?
-
युक्रेन युद्ध थप चर्किने संकेत, युद्ध विस्तारको तयारीमा पुटिन
-
लागुऔषधसहित २० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण