बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आँखामा देखिने मधुमेहका लक्षणहरु

आइतबार, १३ चैत २०७८, १० : १८
आइतबार, १३ चैत २०७८

मधुमेहको समस्याबाट पछिल्लो समय विश्वभर लाखौँ मानिसहरु प्रभावित भएका छन् । भारत र नेपाल लगायत देशहरुमा पनि हजारौँ मानिसहरु मधुमेहबाट पीडित भएका छन् । मधुमेह हुनेहरुले सबैभन्दा बढी रगतमा चिनीको मात्रा नियन्त्रण गर्न आवश्यक छ । शरीरमा ग्लुकोजमो मात्रा बढेमा मधुमेहको समस्या सामना गर्नुपर्छ । मधुमेहमा प्यानक्रियाज वा इन्सुलिनको उत्पादन हुँदैन वा अत्यन्तै कम हुन्छ । इन्सुलिन सामान्यतयाः प्यानक्रियाजबाट निस्किन्छ जसले ग्लुकोजलाई शरीरको कोशिकाहरुमा प्रवेश गर्न अनुमति दिन्छ । जसको प्रयोग शक्तिका लागि गरिन्छ । टाइप १ मधुमेहमा प्यानक्रियाजमा इन्सुलिन बन्न नै पाउँदैन । भने, टाइप २ मधुमेहमा इन्सुलिनको मात्रा कम हुन्छ । शरीरमा ब्लड सुगरको मात्रा सन्तुलनमा राख्नका लागि अधिक मात्रामा इन्सुलिनको आवश्यकता पर्छ । 

धेरै मानिसहरुलाई आफूलाई मधुमेह भएको नै थाहा हुँदैन । कसैलाई यदि मधुमेह भयो भने आँखाबाट थाहा हुन्छ । त्यसैले आँखामा देखिने केही लक्षणहरु हुन्छन् जसले मधुमेह भएको संकेत गर्छ । 

धमिलो देखिनु
सजिल्यै देख्न नसक्नु मधुमेहको लक्षण हो । धमिलो देखिनु रगतमा चिनीको मात्रा बढ्नु हो । यो समस्या ठिक हुनका लागि केही महिना लाग्छ । 

मोतियाबिन्दु 
मधुमेहका रोगीहरमा मोतियाबिन्दुको समस्या उमेरभन्दा अगाडि नै हुन्छ । यदि तपाईंमा यो समस्या छ भने मधुमेह भएको हुनसक्छ । 

ग्लुकोमा
यो समस्या आँखाबाट तरल पदार्थ बाहिर निस्किन पाउँदैन । आँखामा दबाव पर्छ । आँखाको नसा र रक्त कोशिकाहरुमा नोक्सान पुर्याउँछ । जसको कारण हेर्नमा समस्या हुन्छ । मधुमेहका रोगीहरुमा ग्लुकोमा हुने सम्भावना अत्यधिक हुन्छ । यदि तपाईंमा टाउको दुख्ने, आँखा दुख्ने, धमिलो देखिने, आँखामा पानी आउने समस्या हुने जस्ता समस्या देखिन्छ भने तुरुन्तै चेकजाँच गर्नुपर्छ । 

डायबिटिक रेटिनोप्याथी
रगतमा चिनीको मात्रा बढेर पीडित हुने व्यक्तिहरुको आँखाको रेटिनालाई प्रभावित गर्छ । यो समस्या रेटिनासम्म पुग्ने पातलो नसामा क्षति पुग्दा हुन्छ । यसको समस्या समाधान समयमा नै गरेन भने अन्धोपनको सिकार हुने सम्भावना हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप