श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित दुईजना पक्राउ
आइतबार, १३ चैत २०७८, १६ : १२
महोत्तरीबाट प्रहरीले श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको औराही नगरपालिका १ स्थित बर्दिबास जलेश्वर सडक खण्डबाट प्रहरीले सोही नगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय धीरजकुमार यादवलाई श्रोत नखुलेको ५५ लाख रुपैयाँसहित पक्राउ गरेको हो । यादवसहित सोही ठाउँ बस्ने १८ वर्षीय रमेशकुमार सहनीलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए ।
उनीहरुको साथबाट ज ९ प ८२४७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको पंगेनीले बताए । बरामद रकम र मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जलेश्वर पठाइएको पंगेनीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण